काठमाडौं ।
नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको प्रस्ता फिर्ता लिन अपिले गरेको छ । बिहीबार साँझ बसेको बैठकले विशेष महाधिवेशन पक्षधरलाई प्रस्ताव फिर्ता लिन अपिल गरेको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबारमात्रै २७ र २८ पुस का लागि बोलाइएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आह्वान गरेका थिए ।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन अपिल गर्ने एजेण्डा प्रस्तुत गरेका थिए । त्यो प्रस्तावमा अधिकांश सदस्यहरूको सहमति रहेको एक पदाधिकारीले बताए ।














