काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा शेखर कोइराला र डा.मिनेन्द्र रिजालबिच भेटवार्ता जारी छ । कोइराला रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।
उनीहरूबिच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनबारे कुराकानी भइरहेको छ ।
कोइरालाले देउवालाई जसरी भए पनि विशेष महाधिवेशन रोक्न आग्रह गर्न देउवालाई भेटेको कोइराला निकट स्रोतले जानकारी दियो ।
महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरे पनि त्यो विधानसम्मत नभएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।















