धनगढी ।
राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन ।
भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसअघि नेकपाका तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।















