सुदूरपश्चिममा कांग्रेसका खातीले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

धनगढी ।

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खातीले पनि उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेबिच भएको सहमतिअनुसार खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पदमबहादुर शाहीको प्रस्ताव र एमालेका चक्रबहादुर मल्लको समर्थनमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि एमालेकी लीला भण्डारीले पनि उम्मेदवारी दर्ता गराएकी छन् भने नेकपाका तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।

  • २३ पुष २०८२, बुधबार १५:२० प्रकाशित