पोखरा ।
राष्ट्रिय जनमोर्चाले गण्डकीमा एकल उम्मेदवारी दिएको छ । अन्यमा कास्कीका शङ्कर बराल र महिलामा बागलुङकी लक्ष्मी बास्कोटाले उम्मेदवारी दिएका हुन् ।
गण्डकीमा जनमोर्चाको ४ जना मतदाता छन् । जैमिनी नगरपालिका मेयर, बरेङ गाउँपालिका अध्यक्ष तथा बडिगाड र काठेखोला गाउँपालिका उपाध्यक्षमा जनमोर्चाले जितेको थियो ।
उनीहरूको प्रस्तावकमा जैमिनीका मेयर नरबहादुर पुन र समर्थकमा काठेखोला उपाध्यक्ष तेजबहादुर थापा छन् । मतभार हिसाव गर्दा जनमोर्चाको ७६ मात्रै पुग्छ । जनमोर्चाको प्रदेश सभामा सांसद छैनन् ।















