ईश्वर पोखरेलको जिम्मेवारी खोसियो, नीति अनुसन्धान प्रमुख विष्णु रिमाल बने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ ।

च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो,’ ओलीको प्रस्ताव थियो, ‘उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन ।’

एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

  • २२ पुष २०८२, मंगलवार १५:२८ प्रकाशित