एमालेले तोक्यो प्रदेश संयोजक, गण्डकीमा खगराज अधिकारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत र राजधानी प्रदेशमा राजन भट्टराईलाई संयोजक तोक्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

यसैगरी गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल, सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नालाई संयोजक तोकिएको छ । यस्तै भानुभक्त ढकाललाई संगठन विभागको संयोजक तोकिएको भट्टले जानकारी दिए ।

  • २२ पुष २०८२, मंगलवार १३:५९ प्रकाशित