काठमाडौं ।
राष्ट्रिय सभा निर्वाचनमा एमालेले नेपाली कांग्रेससँग तालमेल गर्नेबारे छलफल भइरहेको जनाएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा यसबारे अध्यक्ष ओलीले जानकारी गराएको बताए ।
‘अध्यक्षलाई नै उम्मेदवार टुंग्याउने जिम्मा दिने निर्णय भएको छ । सातैवटा प्रदेशमा एकरएक जना उम्मेदवारी दिने गरी कांग्रेससँग छलफल भइरहेको छ’ उनले भने । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता भोलि हुँदैछ ।















