एमाले सचिवालय बैठक केहीबेरमा, निर्वाचनका विषयमा छलफल हुने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक केहीबेरमा बस्दै छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।

बैठक अहिले ९ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुनेछ ।

राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपाबीच तालमेल हुने गरी छलफल भइराखेको छ । बैठकमा प्रमुख दलबीच हुने तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्नेछन् ।

  • २२ पुष २०८२, मंगलवार ०८:५८ प्रकाशित