एमाले सचिवालय बैठक भोलि बिहान बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने उनले बताए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

  • २१ पुष २०८२, सोमबार १३:०६ प्रकाशित