ओली–प्रचण्डबिच आधा घण्टा एक्लाएक्लै भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । दुई नेताबिच च्यासल स्थित एक घरमा करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता भएको हो ।

उनीहरुबिच राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालेमेल गर्नेबारे छलफल भएको बताइएको छ । यद्यपि भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको छ ।

  • २० पुष २०८२, आईतवार १२:४६ प्रकाशित