हालसम्म ६५ दलले बुझाए समानुपातिकको बन्दसूची

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगमा ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका छन् । मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपासहित ६५ दलले समानुपातिकको बन्दसूची बुझाएका हुन् ।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउनका लागि सोमबारसम्मको समय दिएको थियो ।निर्धारित समयमा बन्दसूचीका लागि निस्सा बुझाएका दलले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ ।

  • १५ पुष २०८२, मंगलवार ११:१० प्रकाशित