काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थली९घण्टीघर०मा केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रूप दिन घण्टीघरमा सोमबार दिउँसो रास्वपाको बैठक सुरु भएको हो ।
आन्तरिक प्रतिस्पर्धाबाट तथा प्राथमिक निर्वाचनबाट आएको समानुपातिक सूचीलाई अन्तिम रूप दिन केन्द्रीय समितिको बैठक बसेको प्रवक्ता मनिष झाले बताए ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन आजलाई तोकेको थियो । सोही अनुसार दलहरु बन्दसूची बनाउन व्यस्त छन् ।














