काठमाडौं ।
जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेको पूर्वगृहमन्त्री रमेश लेखकले आज जाँचबुझ आयोगमा बयान दिँदैछन् । आयोगको पत्राचारपछि गत २३ र २४ भदौको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा पूर्वमन्त्री लेखकले बयान दिन लागेका हुन् ।
उनी आज मध्याह्न १२ बजे बयान दिन जाने तय भएको छ । उनले बयान सकिसकेपछि कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका छन् ।
बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा लेखकलाई अधिकांश नेताहरूले बयानमा जान सुझाव दिएका थिए ।















