काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच एकताका लागि सम्झौता भएको छ । उनीहरुविच ७ बुँदे सम्झौता भएको हो ।
सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ ।
चुनाव चिह्न रास्वपाकै घण्टी हुनेछ । सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन् ।
















