काठमाडौं ।
आउँदो २१ फागुनका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरू तयार भएका छन् । शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जान आफरुहरु तयार रहेको प्रतिवद्धता जनाएका छन् ।
बैठकपछि सञ्चारकमीहरुको जिसा मेटाउँदै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेससहित सबै दल निर्वाचनमा जान तयार रहेको प्रतिक्रिया दिए । तर, त्यसका लागि वातावरण सरकारले बनाउनुपर्ने उनको भनाई थियो ।
‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ। कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’















