काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालबीच आज बिहान शीतल निवासमा भेटवार्ता भएको छ ।
करिब एक घण्टा चलेको वार्तामा समयमै निर्वाचन गराउने र सबै राजनीतिक दल तथा समूहलाई समेटेर सहमतिको वातावरण बनाउने विषयमा छलफल भएको बताइएको छ ।
भेटमा समसामयिक राजनीतिक अवस्था, लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण र निर्वाचनको विश्वसनीयता सुनिश्चित गर्ने विषय पनि उठान भएको स्रोतले जनाएको छ । छलफलका क्रममा संविधानअनुसार निर्धारित समयमै निर्वाचन हुनु आवश्यक रहेकोमा दुवै पक्ष सहमत देखिएका छन् ।
वार्तामा राजनीतिक स्थायित्व र सहकार्यका माध्यमबाट निर्वाचन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइएको थियो । राष्ट्रपति पौडेलले यसअघि प्धानमन्त्री सुशीला कार्कीसहित तीन दलका शीर्ष नेताहरुको बैठक गरेका थिए ।















