तीन दलका शीर्ष नेतासंग छलफल गर्दै प्रधामन्त्री कार्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार) प्रमुख तीन दलका तीन शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफल गर्दै छन् ।

छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डलाई आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री बनेपछि कार्कीले पहिलोपटक बालुवाटारमा शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । आजको छलफलका लागि तीन शीर्ष नेतालाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले हिजै घरघर पुगेर निम्ता दिएका थिए ।

यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्षनेताबीच शीतल निवासमा छलफल भएको थियो । छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र नेकपा संयोजक प्रचण्डले फागुन २१ मै चुनाव हुनुपर्ने अडान राखेका थिए भने कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली चुनावको वातावरण नभएको भन्दै संसद् पुनर्स्थापनाको पक्षमा उभिएका थिए ।

  • १२ पुष २०८२, शनिबार १०:२३ प्रकाशित