प्रचण्डको सचिवालयले भन्यो, ‘रविसंग चुनावी तालमेलका विषयमा छलफल भएको छैन ‘

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी संयोजक प्रचण्डको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने समाचारको खण्डन गरेको छ ।

केही अनलाइन सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार असत्य भएको भन्दै सचिवालयले ध्यानाकर्षण भएको भन्दै खन्डन गरेको हो ।

‘केही अनलाइन सञ्चार माध्यमले आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक  प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्ताव राखेको भन्ने झुठ्ठा समाचार प्रकाशित गरेकोमा ध्यानाकर्षण भएको छ । यो समाचार पूर्णतः असत्य छ ।

चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नुभएको छैन’, प्रचण्डको सचिवालयले भनेको छ ।

यो विषयमा रास्वपाबाटसमेत कुराकानी नभएको प्रचण्डको सचिवालयले प्रस्ट पारेको छ । यो विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य नेताले कुरा नगरेको सचिवालयले जनाएको छ । यस्ता झुट्टा समाचारको भ्रममा नपर्नसमेत सचिवालयले अनुरोध गरेको छ ।

सचिवालयले थप भनेको छ, ‘यसप्रकारका असत्य र सम्बन्धित पक्षबाट पुष्टि विना एकपक्षीयढंगले प्रवाह गरिएका झुठ्ठा समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा आग्रह गर्दछु ।’

  • १० पुष २०८२, बिहीबार ११:०७ प्रकाशित