कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।बैठक केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

  • ८ पुष २०८२, मंगलवार १३:४६ प्रकाशित