पदभार ग्रहण गर्दै मधेसका नवनियुक्त सभामुख यादवले भने,‘मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हो’

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

मधेस प्रदेशका नवनियुक्त सभामुख रामआशिष यादवले पदभार ग्रहण गरेका छन्। सभामुख यादवले सोमबार प्रदेश सभा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै सभामुख यादवले सुशासन र पारदर्शिता पहिलो प्राथमिकता भएको बताए । उनले भने- ‘मधेस प्रदेशसभा आन्दोलनको प्रतीक हो। प्रदेशसभा पहिचानमा आधारित छ । मेरो पहिलो प्राथमिकता सुशासन र पारदर्शिता हो ।’

  • ७ पुष २०८२, सोमबार १३:१६ प्रकाशित