पोखरा ।
आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । यी सबै मुद्राको भाउ शनिबार घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
तीन दिनअघिसम्म निरन्तर बढेर उच्च भएको अमेरिकी डलरको विनियमदरमा बिहीबारदेखि शनिबार निरन्तर घटेको थियो । यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ६३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४४ पैसा छ ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ५६ पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४६६ रुपैयाँ छ ।
आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६५ पैसा छ ।















