काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा पार्टी एकताको सन्देश सभाको बिट मार्दैछ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका झण्डै डेढ दर्जन वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा सन्देशभा गरेको नेपाली कम्युनिष्ट पार्टीले आज अन्तिम बृहद सन्देश सभा गरेसंगै बिट एकता सन्देश सभाको बिट मार्नेछ ।
बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा भृकुटीमण्डपमा हुने सभा बिहान ११ बजेदेखि सुरु हुने नेकपाले जनाएको छ । सभामा नेकपाका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपालसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली कम्युनिस्ट पार्टीले मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ ।
सुरुमा बागमती प्रदेशको हेटौँडामा २३ मंसिरमा गर्ने भनिएको सभा नेकपाले काठमाडौंमा सारेको हो।















