एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी पुस २७ देखि २९ गते बस्ने भएको छ ।काठमाडौंमा आयोजित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले यसबारे प्रस्ताव पेश गरेका हुन् ।

उनले बैठक हलमा केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २७, २८ र २९ मा काठमाडौं आयोजना गर्ने प्रस्ताव राखेका हुन् ।आज बसेको केन्द्रीय कमिटीको पहिलो बैठक हो ।

  • ४ पुष २०८२, शुक्रबार १६:१४ प्रकाशित