काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन् । महाधिवेशनमा उम्मेदवार बन्दा कोही प्यानल र कोही स्वतन्त्र लडे पनि मतपरिणाम सार्वजनिक भइसकेपछि गुट सकिएको उनको भनाइ छ ।
महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनसँगै प्यानल र पक्ष/विपक्ष पनि सकिएको बताएका हुन् ।
उनले सानातिना कमजोरीहरू भएपनि ११औँ राष्ट्रिय महाधिवेशनलाई अनेक कोणबाट सफलताको महाधिवेशनको संज्ञा समेत दिए ।बहुआयामिक र सर्वपक्षीय सफलताका अगाडि रहेका सानातिना कमजोरी गौण हुने समेत ओलीले बताए । एकताको भावना र नयाँ उचाइका साथ अगाडि बढ्नुपर्नेमा समेत ओलीले जोड दिए ।
उनले पार्टीभित्र समयसमयमा केही समस्या देखापर्ने गरेको भन्दै आगामी दिनमा त्यस्ता कमजोरी प्रकट नहुन् भन्ने कामना गर्नुपर्ने बताए ।
केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन’
यसैबीच ओलीले पार्टीभित्र आफूले प्रश्न उठ्ने गरी कुनै कामै नगरेको बताएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा आलोचनात्मक चेत हराएका झोलेहरू बस्छन् बोल्दैनन् भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाए ।
‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेकारु भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्नेरु’ ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’















