एमाले महाधिवेशनमा भोलि विहान ८ बजेदेखि मतदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको ११ औंं महाधिवेशनमा बुधबार बिहान ८ बजेदेखि मात्रै मतदान हुने भएको छ । अध्यक्षका उम्मेदवार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच छलफल भएपछि अघिसाँझबाट सुरु हुने भनिएको मतदान भोलि विहानका लागि सरेको महासचिव शंकर पोखरेलले महाधिवेशन प्रतिनिधिलाई जानकारी गराएका हुन् ।

आज बिहानदेखि सुरु हुने भनिएको मतदान पटक/पटक सारिएको थियो । यस अगाडि ईश्वर पोखरेल समूहले मतदानको समय राति नपार्न आग्रह गरेको थियो । मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने छ ।

एमालेको २ हजार २ सय ६३ प्रतिनिधि छन् । प्राविधिकहरुले एकजना प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट समय लाग्ने बताएका छन् ।

 

  • १ पुष २०८२, मंगलवार २०:३६ प्रकाशित