अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

हिजो बढेको युरो, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भाउ आज पनि बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा पुगेको छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । गएका केही दिनदेखि अमेरिकी डलरको विनियमदर निरन्तर बढिरहेको छ ।

हिजो अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९९ पैसा थियो । त्यसैगरि आज युरो १ को खरिदर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा छ । हिजो युरो १ को खरिदर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ७५ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ०९ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६१ पैसा थियो । आज बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ९१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा थियो ।

  • १ पुष २०८२, मंगलवार ०७:१७ प्रकाशित