अध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा गोकर्ण विष्टले दर्ता गराए उम्मेदवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्षमा गोकर्ण विष्टले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते भोलि मतदान हुँदैछ ।

  • २९ मंसिर २०८२, सोमबार १५:१९ प्रकाशित