एमालेको ११ औंं महाविधेशन

पोखरेल प्यानलबाट पाण्डे महासचिव उम्मेदवार बन्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेमा ईश्वर पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेद्वारी दिने टुंगो लागेको छ । यसैगरी उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई उम्मेद्वार बन्ने टुंगो लागेको पखरेल निकट नेताले जानकारी दिए ।

एमालेको ११औंं महाधिवेशनबाट नयाँ नेतृत्व लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहबीच रस्साकस्सी छ । दुबैपक्षले प्यानल सार्वजनिक गर्न थाले छन् ।

पोखरेल समूहले महासचिवमा उम्मेदवार बनाउने निर्णय भएका सुरेन्द्र पाण्डे हाल एमालेको उपाध्यक्ष छन् । उनी नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाट महासचिवका उम्मेद्वार थिए ।

यस्तै उपाध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका गोकर्ण विष्ट सचिव हुन् र उपमहासचिवमा उम्मेदवारी दिने निर्णय भएका योगेश भट्टराई हाल एमालेको सचिव छन् ।

  • २९ मंसिर २०८२, सोमबार ०९:३४ प्रकाशित