युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य महाधिवेशनमा उम्मेदवार नबन्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

दुवै नेताले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओलीलाई पनि बिदा हुन आग्रह गर्दै आएका थिए । यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका ज्ञवाली र शाक्यले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।

  • २८ मंसिर २०८२, आईतवार १५:१९ प्रकाशित