एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि बन्दसत्र भृकुटीमण्डपमा सुरु हुने बताए ।

यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिएपनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो ।

केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ ।

  • २८ मंसिर २०८२, आईतवार १४:१० प्रकाशित