एमाले महाधिवेशन : नाम सच्याइएका प्रतिनिधिहरुको कार्ड वितरण सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि मनोनयन भएका तथा नाम सच्याइएका प्रतिनिधिहरुको कार्ड महाधिवेशन स्थलको बाहिरी गेटमा वितरण सुरु गरिएको छ ।

प्रतिनिधि कार्डमा नाम, विवरण वा अन्य विवरण सच्याउन कार्ड दिएका प्रतिनिधि तथा मनोनीत प्रतिनिधिले तोकिएको स्थानमा पुगेर कार्ड लिन सक्ने व्यवस्था गरिएको पार्टी संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

  • २८ मंसिर २०८२, आईतवार ११:३७ प्रकाशित