एमालेको बन्दसत्रको समय सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेको बन्द सत्र केही समयका लागि पछाडि सरेको छ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र मध्याह्न १२:३० बजेको लागि सारिएको हो । एमाले अध्यक्ष ओलीले विहान केन्द्रीय कमिटीको बैठक बोलाएकाले बन्दसत्रको समय सरेको हो । बिहान ९ बजे काठमाडौंको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

पार्टी महाधिवेशन अन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमा सुरु हुँदैछ । यसअघि ७ः३० बजेका लागि बोलाइएको बन्दसत्र भने मध्याह्न १२स्३० बजेको लागि सारिएको छ । यद्यपि नेता कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन् ।

केन्द्रीय कमिटी मार्फत अध्यक्ष ओलीले विभिन्न प्रस्ताव अघि सार्ने बताइएको छ । ओलीका प्रस्ताव केन्द्रीय कमिटी हुँदै बन्दसत्रमा पेस हुनेछन् ।

एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले दाबी गरेका छन् । नयाँ नेतृत्व चयन गर्दै जारी महाधिवेशन सोमबार समापन गर्ने एमालेको तयारी छ ।

  • २८ मंसिर २०८२, आईतवार ०८:५३ प्रकाशित