जति कम्युनिष्ट पार्टी बलियो हुन्छ, त्यति लोकतन्त्रले पूर्णता पाउँछ : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी बलियो हुँदा नै लोकतन्त्रले पूर्णता पाउने बताएका छन् । शनिबार भक्तपुरमा सुरु नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओली २००७ साल, २०४६ साल र २०६२ ०६३ सालको परिवर्तनको चर्चा गर्दै लोकतन्त्रले पूर्णता पाउने र राष्ट्रिय स्वाधिनता अनि स्वाभिमान सुदृढ हुने उनको दावी छ । एमालेलाई राष्ट्रि शक्तिको रुपमा स्थापना गर्दा यी कुरा प्राप्ति हुनेहुँदा आफूहरु त्यता तर्फ लागेको उनले बताए ।

‘२००७ मा कम्युनिष्ट पार्टी भर्खर स्थापना भएको थियो । त्यस बेला परिवर्तनले सार्थकता पाउन सकेन । २०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त रुपमा नेतृत्व गर्ने ठाउँमा पुग्यो । प्राजातन्त्र प्राप्त भयो । २०६२/०६३ मा कम्युनिष्ट पार्टी नेतृत्वकर्ता पार्टीको भूमिकामा रहेर नेतृत्व गर्दा राजतन्त्र फाल्न सफल भइयो, सम्बधिान लेखियो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तसर्थ जति जति कम्युनिष्ट पार्टी बलियो हुन्छ । त्यति त्यति नै लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वभिवमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ । त्यसै कारण एमाले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापना गर्दै अगाडि बढ्न चाहेका छौं,’ उनले भने ।

अध्यक्ष ओलीले नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको ७७ वर्ष भएको चर्चा गर्दै आफूहरुको इमान र निष्टा प्रति गौरव रहेको सुनाए । तीन महिना अगाडि आतताहीअरुबाट देश जलाइएको भन्दै उनले संविधान, देश र राजनीतिक दल माथि भिषण आक्रमण भएको चर्चा गरे । पुराना पार्टी र पुराना नेताका दिन गए र एमालेको सान्दर्भिकता सकियो भनिएको उल्लेख गरेका उनले महाधिवेशनमा उलिएएको जनसागरले ‘लोकतन्त्र अजय छ र एमाले अजम्बरी छ’ भन्ने प्रष्ट्याएको दाबी गरे । उनले एमाले महाधिवेशन उद्घाटन स्थलमा उपस्थित मात्र एमाले नभएर त्यो महासागरको एक थोपा मात्र रहेको टिप्पणी गरे ।

  • २७ मंसिर २०८२, शनिबार १५:०१ प्रकाशित