अध्यक्ष ओलीले गरे एमालेको ११ औं महाधिवेशनको उद्घाटन

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेको ११ औं महाधिवेशनको औपचारिक रुपमा उद्घाटन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा शनिबार दिउँसो रिमोटबाट झन्डोत्तोलन गर्दै महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने एमालेले जनाएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ सुरु ११ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ ।
महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुले शुभकामना दिने कार्यक्रम छ ।

एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।

  • २७ मंसिर २०८२, शनिबार १४:१३ प्रकाशित