बुटवल ।
पाल्पाको निस्दी गाउँपालिका ४ मित्यालमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको पहिचान खुलेको छ ।
मित्याल–अरुण खोला सडक खण्ड अन्तर्गत निस्दी–४ च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा नवलपुरको अरुण खोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको थियो ।
दुर्घटनामा निस्ती गाउँपालिका वडा नम्बर ७ की ३६ वर्षीय हेम कुमारी सारू, सोही गाउँपालिका वडा नम्बर ४ की ४५ वर्षीय ओम कुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक९डीएसपी० होमप्रकाश चौधरीले जानकारी दिए ।
मृत्यु भएकी थप एक महिलाको भने अझै पहिचान खुलेको छैन । दुर्घटनामा ८ जना घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














