काठमाडौं ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिने बताएका छन् ।
काठमाडौं–५ र नुवाकोट–१ का क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेपछि उनले गृहजिल्ला नुवाकोटबाट उम्मेदवारी दिने बताएका हुन् ।
महाराजगञ्जमा शुक्रबार बिहान पत्रकारहरूसँगको छलफलका क्रममा प्रवक्ता महतले भने, ‘नुवाकोट–१ बाट निर्वाचन लड्छु । क्षेत्रीय समितिले सर्वसम्मत एकल सिफारिस गरिसकेको छ । काठमाडौं–५ बाट पनि साथीहरूले सिफारिस गरिदिनुभएको छ ।’
नुवाकोट–१ क्षेत्रीय कार्यसमितिले बिहीबार प्रवक्ता महतको नाम एकल सिफारिस गर्ने निर्णय गरेको थियो । तयसअघि उनको नाम काठमाडौं–५ बाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो ।
प्रवक्ता महतले फरक प्रसंगमा कुरा गर्दै पार्टीको आशन्न महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा आफ्नो दाबी रहेको पनि बताए ।















