काठमाडौं ।
नेकपा एमालेको ईश्वर पोखरेल नेतृत्वको समूहले युवा भेला आयोजना गरेको छ । शुक्रबार राजधानीको काठमाडौँ ब्याक्वेटमा युवा भेलाको आयोजना गरिएको हो ।
भेलामा एमाले नेताहरू सुरेन्द्र पाण्डे, योगेश भट्टराई, ठाकुर गैरे लगायत कार्यकताहरुको उपस्थिति रहेको छ । एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ । महाधिवेशन उद्घाटनको पूर्व सन्ध्यामा पोखरेल समूहले युवा भेलाको आयोजना गरेको हो ।















