काठमाडौं।
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुग्न सफल भएको छ ।
बिहीबार विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुग्न सफल भएको हो । दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक उपाधि नजिक पुगेको थियो । एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ ।
लगातार दुई क्वालिफायर खेल्दा पनि पराजित भएपछि विराटनगर उपाधि दौडबाट बाहिरिएको हो । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको विराटनगरले क्वालिफायरमा आएर सोही लयलाई निरन्तरता दिन नसक्नु नै हारको मुख्य कारण बन्न पुग्यो ।















