एमाले राष्ट्रिय महाधिवेशनमा २१५४ जना प्रतिनिधि सहभागी हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको छ । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो ।

बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २१५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुँदैछ ।

  • २४ मंसिर २०८२, बुधबार १३:२७ प्रकाशित