पोखरा ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा सविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो ३ः३० बजे हुनेछ ।
यी दुबै टोली प्रतियोगिताबाट बाहिरिइसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्ने छन् । दुबै टोलीले समान दुई अंक जोडेका छन् ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन् ।















