काठमाडौं ।
सुनको भाउ आज (बिहीबार) घटेको छ । हिजो (बुधबार) प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको हो । आज तोलामा आठसय रुपैयाँ घटेको हो ।
सुनको भाउ यसअघि ३१ असोजमा हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।















