नेप्से झिनो अंकले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार सेयर बजारको परिसूचक नेप्से झिनो अंकमा घटेको छ । ०.५३ अंक घटेसँगै नेप्से परिसूचक २६४४.७० मा कायम भएको छ ।

कारोबारका क्रममा दिउँसो १२ : ५१ बजे नेप्से २६५२ अंकसम्म पुगेको थियो । जुन अंक आजका लागि उच्चतम रह्यो ।अघिल्लो दिन नेप्से ४ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४८ करोडमा खुम्चियो ।

कुल १२५ कम्पनीको मूल्य बढ्दा ११९ को घट्यो भने १३ को स्थिर रह्यो । यस दिन सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

  • १६ मंसिर २०८२, मंगलवार १६:०२ प्रकाशित