कारोबारसँगै घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ ।

अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७१ करोडमा खुम्चियो ।

कुल १२४ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो भने ८ को स्थिर रह्यो ।

  • १५ मंसिर २०८२, सोमबार १६:०७ प्रकाशित