काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा पुस अन्तिम साता पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ ।
त्यो कार्यतालिकामा सबैको सहमति रहेको नेताहरूले बताएका छन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्छ भन्ने अडान लिँदै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुसमा महाधिवेशन गर्न तयार भएपछि मध्यमार्गी प्रस्तावका रूपमा केन्द्रीय समितिमा पेस गर्न लागिएको हो ।
गत मंसिर ६ गतेदेखि महाधिवेशनको मितिमा कुरा नमिलेपछि कांग्रेस बैठक सर्दै आएको थियो ।















