मेयर बालेन शाहलाई पितृशोक

केन्द्रभाग मिडिया

काठमाडौं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ ।

सिभिल अस्पतालमा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे ।

मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो ।

शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनलाई त्यसपछि भेन्टिलेटरमा राखिएको थियो ।

  • १५ मंसिर २०८२, सोमबार १२:५९ प्रकाशित