केन्द्रीय समितिअघि कार्यवहाक सभापति खड्काले बोलाए पदाधिकारी बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले मध्यान्ह पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् ।

पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेस गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने नेताहरूले बताएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साता १५ औँ महाधिवेशन गर्ने गरी कार्यतालिका आजको बैठकमा पेस गर्ने तयारी गरेका छन् ।

पदाधिकारी बैठकपछि दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

  • १५ मंसिर २०८२, सोमबार १२:३४ प्रकाशित