पोखरा ।
आज (सोमबार) अमेरिकी डलरसहित केही विदेशी मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ । तर, बहराइन दिनारको भाउ भने आज घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।
त्यसैगरि आज युरो १ को खरिदर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा छ। हिजो युरो १ को खरिदर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९५ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा थियो ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ४० पैसा र बिक्रीदर ४६७ रुपैयाँ ३५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ११ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ०६ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ४८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८० रुपैयाँ ४९ पैसा थियो ।















