पोखरा,
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जेनजीको भावनाको सम्मान गर्नुपर्ने बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले जेनजीको आकर्षणको केन्द्र आफुहरुको पार्टी नेकपा बनेको र उनीहरुको भावना सम्बोेधन गर्न जरुरी रहेको बताएका हुन् ।
एसिड पीडित मुस्कान खातुनलगायतका जेनजीहरु एकपछि अर्को गर्दै नेकपामा प्रवेश गरिरहेको बताउँदै उनले भने,‘हामीले जेनजीको भावनाको सम्मान गर्नै पर्छ । तर जेनजीको नाममा भएको कुकर्मको दोषीलाई त्यसै छाडिनु भने हुन्न, कारवाही गरिनैपर्छ ।’
नेता नेपालले पुरानो पार्टीमा रहेकाहरुले आफूहरुलाई काम गर्न नदिएकोसमेत आरोप लगाए । हिजो एकीकृत समाजवादी हुँदा मेरा खुट्टा भाँच्ने र तान्नेहरु थिए, अनि माओवादी हुँदा प्रचण्डको पार्टीमा बसेर खुट्टा तान्नेहरु पनि थिए, आज तिनीहरु भागेर गएका छन् । भाग्नेहरु, छाड्नेहरु जाउन् हामी प्रचण्ड, मलगायत एकताबद्द भएर अगाडि बढिरहन्छौं ।‘
पार्टी ठूलो भए पनि पार्टीमा विधि बसाल्न भने नसकिएको उनले स्वीकारे ।















