सेयर बजार घट्यो , ७ अर्ब बढीको कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं ।

गत साताका पाँचै दिन बढेको सेयर बजार यो साताको पहिलो दिन आइतबार घटेको छ ।

अघिल्लो दिनको तुलनामा बजारको परिसूचक नेप्से २८.८९ अंक (१.०७ प्रतिशत) घटेको हो । सो घटाइसँगै नेप्से २६४७ अंकमा झरेको छ । कारोबार सुरु भएपछि बढेको बजार १२ : ४४ बजे २६९१ अंक पुगेको थियो । त्यसपछि बिक्री पक्ष हाबी रह्यो र अन्तिम समयसम्म नेप्से ओरालो रह्यो ।

बजार घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ६ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २ करोडको भयो ।३९ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने २ को स्थिर रह्यो । अधिकांश समूहका सूचक घटेका छन् । उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत बढ्यो ।

  • १४ मंसिर २०८२, आईतवार १५:३७ प्रकाशित